३. बौद्धनाथ क्षेत्र विकास समितिको गठन
(१) बौद्धनाथ क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र साँस्कृति विकास गर्न बौद्धानाथ क्षेत्र विकास समिति नामक एउटा समितिको गठन हुनेछ ।
(२) उप–दफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहनेछन्
क) नेपाल सरकार ले तोकेको ब्यक्ति – अध्यक्ष
(ख) बौद्धनाथ क्षेत्रसँग सम्बन्धित बौद्धनाथ क्षेत्रका समाजसेवी बुद्धिजीबी तथा प्रतिष्ठित व्यक्तिहरु
मध्येबाट नेपाल सरकार ले मनोनीत गरेका पाँच जना ब्यक्तिहरु – सदस्य
(ग) प्रतिनिधि, युवा, खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, जनसंख्या तथा वातावरण मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(च) प्रतिनिधि, गृह मन्त्रालयञ – सदस्य
(छ) प्रतिनिधि, आवास तथा भौतिक योजना मन्त्रालय – सदस्य
(ज) प्रतिनिधि, भूमिसुधार तथा व्यवस्था मन्त्रालय – सदस्य
(झ) प्रतिनिधि, सभाको सदस्य, काठमाडौं क्षेत्र नं. २ – सदस्य
(ञ) प्रमुख, काठमाडौं महानगरपालिका – सदस्य
(ट) वडा नं. ६ बाट निर्वाचित काठमाडौं महानगरपालिकाको सदस्य – सदस्य
(ठ) कार्यकारी निर्देशक – सदस्य सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरुको पदावधि चार बर्षको हुनेछ र निजहरु पुन मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकार ले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी वा विदेशी व्यक्तिहरुलाई समितिको बैठकमा पर्यवक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।